निरज थापा मगरको नयाँ गीत ‘नदेखे जस्तो’ सार्वजनिक

नेपाली संगीत क्षेत्रमा आफ्नै किसिमका लोक–पप गीतमार्फत पहिचान बनाउँदै आएका गायक निरज थापा मगरले ‘नदेखे जस्तो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

‘प्रोडक्सन घर’को प्रस्तुति रहेको उक्त गीतको म्युजिक भिडियो निरज थापा मगर नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोमा गायक मगर स्वयं मुख्य भूमिकामा देखिएका छन् भने अभिनेत्री समिया कार्की उनको जोडीका रूपमा प्रस्तुत भएकी छन्।

भिडियोमा अर्जुन आचार्य, सुदिप भट्ट, अर्मान श्रेष्ठ, आयुश ढुंगेल र लक्ष्मी प्रधानको समेत अभिनय रहेको छ।

‘गोरखपुरे छाउनी’, ‘हराएको तिम्रो माया’ हुँदै ‘तिमी नै संसार’ जस्ता गीतहरूमा शब्द र संगीत समेत आफैं सिर्जना गर्दै आएका निरज थापा मगरको यस नयाँ गीतमा भने स्वर मात्र उनको रहेको छ।

गीतका शब्द तथा संगीत आशिस लामिछाने मगरले तयार पारेका हुन्।

म्युजिक भिडियोको कथा तथा निर्देशन महावीर कार्कीले गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img