गायक जनम थुलुङको असामयिक निधन

गायक तथा संगीतकार जनम थुलुङको बिहीबार राति असामयिक निधन भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट उनको निधन भएको हो । उनलाई दुई हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

स्रोतका अनुसार कोराना संक्रमित हुँदा घरमै आराम गरिरहेका उनी निकै गाह्रो भएपछि मात्र अस्पताल पुगेका थिए । उनी आइसियुमा उपचाररत थिए ।

उनले दुई वर्षअघि मुन्दुम संस्कारमा वर्णन हुने किरातीहरुको शक्ति केन्द्र ‘खुवालुङ’सम्बन्धी एउटा गीत गाएका थिए ।

‘खुवालुङ खुल खुल खुल’ बोलको उक्त गीतमा उनले नै संगीत र स्वर दिएका थिए । उनले उक्त गीत दुई हप्ताअघि मात्र पुनः आफ्नाे नामको युट्युब च्यानलमा राखेका थिए ।

उक्त गीतको रचनाकार भने हाल किरात राई यायोक्खाका केन्द्रीय सदस्य तथा किरात राई लेखक संघका अध्यक्ष रहेका खुक्सङ खम्बू हुन् ।

जनम थुलुङ खुक्सङकै कान्छा भाइ हुन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं ५ रिब्जुङ महेश्वरी घर भएका उनले संगीतको माध्यमबाट भाषा संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास गरिरहेका थिए ।

उनले थुलुङ राईका दुई वटा एल्बम र खस नेपाली भाषाका एउटा एल्बम ल्याएका थिए ।

उनले दुई दर्जन भन्दा बढी गीतहरुमा संगीत तथा स्वर दिएका थिए ।
जनम थुलुङको असामयिक निधनप्रति किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले श्रदाञ्जलीसहित दुःख व्यक्त गरेका छन् ।

किरात समुदायका अग्रज तथा अभियान्ताहरुले सामाजिक सञ्जाल फेसबुकबाट समेत थुलुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको शुक्रबार बिहान नेपाली सेनाले अन्तिम संस्कार गरेको खबर छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्