सबै जनतालाई भ्याक्सिन लगाउन मदनकृष्णको माग

जनता नै भएन भने कसलाई शासन गर्ने ?

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जतिसक्दो छिटो सबै जनतालाई कोरोनाको भ्याक्सिन लगाएर ज्यान बचाइदिन सरकारसँग माग गरेका छन् ।

कोरोना सङ्क्रमणबाट आफू मुक्त भएको जानकारी दिँदै श्रेष्ठले कोरोना भ्याक्सिनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

‘देशमा अझै पनि कोरोना पीडितहरु धेरै बाँकी छन्, कतिपय अझ थपिदै छन् । यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यही कुलंगार कोराना नै हुन्,’ फेसबुकबाट सरकारको ध्यानाकर्षण गराउँदै उनले भनेका छन्, ‘सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कसलाई शासन गर्ने हैन त ?’

कोरोना संक्रमण भएपछि दुई पटक गरी आफू २२ दिनसम्म अस्पताल बसेको उनले बताएका छन् ।

कोरोनाले आफूलाई निकै साह्रो पारे पनि आफन्त र शुभचिन्तकहरुको माया र आशीर्वादले आफूले कोरोनालाई जितेको उनले बताएका छन् ।

‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर बेस्कन बचार्यो, ओर्कायो, फर्कार्यो थर्काउनु थर्कायो, बेला बेला तर्सायो पनि,’ उनले भनेका छन्, ‘तर सबैको माया, सुभेक्षा, प्रार्थना र आशीर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’

उनले संसार चाडै कोरोनाबाट मुक्त होस् भन्ने कामनासमेत गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्