विनायो वादन प्रतियोगिता हुँदै, अनलाइनबाटै भिडियो पठाउनुपर्ने

किरात राई सांस्कृतिक कलाकार संघले ‘किराती मौलिक सिप र कलाको सम्मान, संरक्षण र सम्वर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन प्रतियोगिता गर्ने भएको छ ।

यसका लागि संघले आठ बुँदे नियम बनाएको छ । यस प्रतियोगितामा जुनसुकै देश र समुदायका व्यक्तिले पनि सहभागी हुन पाउनेछन् ।

सहभागीले कम्तिमा दुई मिनेट आफूले कोङकोङमा बजाएको भिडियो तयार पारी किरात राई कलाकार एट जिमेल डटकममा पठाउनुपर्ने छ ।

भिडियो पठाउनका लागि यही असार १० गतेसम्म तोकिएको छ । भिडियोको अन्तमा आफ्नाे नाम र ठेगाना समेत उल्लेख गर्नुपर्नेछ ।

प्रतियोगिताको विजेताले १६ हजार, उपविजेताले १० हजार र तेस्रो हुने व्यक्तिले ७ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्