बिनायो वादन प्रतियोगितामा झापाका बलबहादुर राई प्रथम

‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता २०७८’ मा झापास्थित कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम भएका छन् ।

किरात राई सांस्कृतिक कलाकार संघले पहिलोपटक आयोजना गरेको यस प्रतियोगितामा खोटाङ जाल्पाकी पम्फा खालिङ राई दोस्रो र ओखलढुङ्गा उँबुकी जितुमाया राई तेस्रो भएका छन् ।

झापाकी मनकुमारी राईले सान्त्वना पुरस्कार पाएकी छन् ।

प्रतियोगिताका विजयी चार जनाले क्रमशः जनही १६ हजार, ११ हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा देश विदेशबाट गरी पहिलो चरणमा ११९ जनाले भाग लिएका थिए । जसबाट ५० जनालाई दोस्रो चरणमा लगिएको थियो ।

हिजो भएको अन्तिम चरणको प्रतियोगितामा २० जना प्रतियोगी थिए ।

प्रतियोगिताको निर्णायक समितिमा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, गायिका पार्वती राई र संस्कृतिकर्मी राजनुएन राई थिए ।

प्रतियोगितामा भाग लिएका दुई जना ज्येष्ठ व्यक्तिलाई विशेष सम्मानस्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

धरान उपमहानगरपालिका–१५ की ९५ वर्षीया विष्णुमाया राई र हलेसी तुवाचुङ नगरपालिकाकी ९२ वर्षीया देशलछी राईलाई विशेष सम्मानस्वरुप पुरस्कार प्रदान गरिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्