आयो सेन्मिखाकाे गीत ‘हिमालै चुली’ [भिडियाेसहित]

पत्रकार विद्या चापागाईंले ‘हेर्ने कथा’ नामक आफ्नाे युट्युब च्यानलमा प्रस्तुत गरेपछि सामाजिक सञ्जालमा भाइरल भएका भोजपुरका सेन्मिखा राई अब गायक पनि भएका छन् ।

पहिलोचोटि सेन्मिखाले ‘हिमालै चुली’ बोलको पूर्वेली लोकभाकाको गीत गाएका छन् । शुक्रबार भिडियोसहितको उनको गीत सार्वजनिक गरिएको छ ।

सामाजिक अभियान्ता तथा संगीतकार जीतेन बान्तावा राईले २३ वर्षीय सेन्मिखालाई काठमाडौँमा ल्याएर गीत रेकर्ड गराए ।

गीतको कम्पोज जीतेनले गरे । गीतको रचनाकार भने कृष्णबहादुर राई हुन् ।

सेन्मिखाले भोजपुरमा भेडा चराउँदा वनजंगल तथा डाँडापाखामा गाउँदै आएको लाेकभाकाका गीतलाई काठमाडौँमा रेकर्ड गरिएको हो ।

र, उक्त गीतको भिडियो समेत निर्माण गरी जीतेन बान्तावा राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोको निर्माण अमलादेवी राईले गरेका हुन् भने निर्देशन जीतेन बान्तावा राईले गरेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्