आई लभ यु केपी बा

भेडाको गिदी भुटेर
तासको खालमा
दुई तिहाइ जोकर लिएर बसेका तिमी
कम्ती ता सन्केका थिएनौं
कम्ती ता रन्केका थिएनौं
कम्ती ता ठन्केका थिएनौं
तिमी अघिअघि मानौ कुनै दिव्य अस्त्रधारी महारथी
तिम्रा पछिपछि शताब्दीकै लघुचिन्तक विशाल वाँनर फौज
पूरा लङ्कै जित्ने इरादा
तर समय सधैं एकैनाशको कहाँ हुँदोरछ र हगि
आज देख्छु मालिकले लैनो गोठबाट निकालेको
थारो भैंसी जस्तो अलि पर किलामा टगारेजस्तै
बालुवाटारबाट बाल्कोटमा टगारिदिएछन्
इतिहासको पानामा यो भन्दा हरिबिजोग दृश्य
मैले देखेको छैन
मलाई त माया पो लाग्यो बिछ्ट्टै माया लाग्यो
आई लभ यु केपी बा
तिमीलाई देख्दा मलाई एउटा कथा याद आयो
एकादेशको एका गाउँमा पाप धुरीबाट कराउँछ भन्ने सुनेको
सेक्सी केटोले परदेशी दाजुको भाउजू बिगारेछ
गाउँलेलाई के थाहा ?
केटोलाई सनक चढिता गो
किनकी पाप धुरीबाट कराएको थिएन
केटो आफै धुरी चढेछ र फलाकेछ
खोइ पाप धुरीबाट कराएको ? मैले बिगारेकै हो नि ?
अब भो त ? सकिता गो होइन र ?
त्यस्तै तिमी आफै धुरीमा करायौं
मान्छे बस्ने देश हो केपी बा यो पनि
मान्छेले थाहा पाइसके
त्यसैले त तिमी इतिहासको वेदीमा छौं
फेरि उभिन कोसिस त गर्छौ ता नि
अकमक्किदै जवाफ त दिन्छौं ता नि
तर दुर्भाग्य
मान्छे तिमीलाई देख्ने बित्तिकै खितिति हाँस्छन्
मलाई दया लाग्यो साह्रै दया लाग्यो
आई लभ यु केपी बा

सुबास राई

–सुबास राई
दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१४ बुइपा, खाेटाङ
हालः साउदी अरब ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्