‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा राेक

‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएकाे हाे । गजमेर अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १८० दिन मात्रै नेपाल बस्न पाउँछन् ।

गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

अब गजमेर सन् २०२१ भर नेपाल आउनै पाउँदैनन् । उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

उनी गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाएकाे थियाे ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणकाे विजेता गजमेर भुटानबाट विस्थापित भएपछि परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए ।

संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि उनी अमेरिका गएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्