सेताे पहिरनले चर्चामा आएकी नाेरा फतेही

बलिउड अभिनेत्री तथा मोडल नोरा फतेही आफ्नाे ग्लामरस अवतारका कारण चर्चामा आइरहन्छिन् ।

दैनिक जिम धाउने नोरा फिटनेशनको मामलामा अब्बल छिन् । नारा केही समयअघि मुम्बइको सडकमा हट अवतारमा देखिएकी थिइन् ।

सेतो रंगको पहिरनमा क्यामेरामा क्लिक भएकी नोराको बोल्ड अवतारले सामाजिक सञ्जाल तताएकाे छ ।

नाेराको नयाँ गेटअपलाई उनका फ्यानहरुले रुचाएका छन् । नोरा समय–समयमा आफ्नो नृत्यका कारण पनि दर्शकको मन जित्न सफल छिन् ।

क्यानाडामा जन्मिएकी नोराले तेलुगु चलचित्र ‘टेम्पर’मा आइटम नृत्य गरेपछि चर्चा कमाएकी थिइन् । यस्तै, उनले चलचित्र ‘किक २’ मा समेत काम गरेकी छिन् ।

नोरा सन् २०१५ मा ‘बीग बोस ९’मा सहभागी भएकी थिइन् । यस्तै, उनले ‘झलक दिखलाजा’ नामक रियालिटी शोमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

उनले ‘दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा झनै चुलिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्