उड्यो राजन मुकारुङको ‘चरा’ [भिडियो सहित]

वरिष्ठ साहित्यकार राजन मुकारुङको शब्द र संगीत रहेको नयाँ गीत ‘चरा’ शुक्रबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सीता सिंगक लिम्बू र राजेश पायल राईको स्वरमा निर्माण गरिको उक्त गीतको भिडियो स्टोरी समेत तयार पारिएको छ ।
भिडियो स्टाेरी पवित्रा राईले निर्देशन गरेकी हुन् ।

जसमा मुख्यतः एलिशा राई र नाजिर हुसेनले अभिनय गरेका छन् । भिडियोमा साहित्यकार तथा संगीतकार राजन मुकारुङले पनि अभिनय गरेका छन् ।

मदन पुरस्कार विजेता राजन मुकारुङको परिचय अब एक पात्र अभिनेता वा कलाकारको रुपमा पनि स्थापित भएको छ ।

पदम राजन मगरले एरेन्ज गरेको यो गीत ‘फेदाफाङ्मा’ नामक युट्युब च्यानलबाट शुक्रबार ४ बजे प्रिमियर गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्