Wednesday, December 7, 2022
7.5 C
Diktel

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा उजुरी, चन्दा उठाएर दुरुपयोग गरेको आराेप

कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ ।

धुर्मुस-सुन्तली विरुद्ध सामाजिक सेवाको आवरणमा चन्दा उठाएर रकम दुरुपयोग गरेको भन्दै आयोगमा उजुरी दिइएकाे हाे ।

भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् ।

आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु र भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप छ ।

केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको बताए ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्