नायिका रेखा थापाले दाेस्राे विहे गरिन्

नायिका रेखा थापाले दाेस्राे विहे गरेकी छन् ।

उनले जाजरकाेट घर भएका पर्यटन व्यवसायी बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए ।

शाही अमेरिका बस्दै आएका थिए । उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर काेर्ट म्यारिज गरेका हुन् ।

थापाले यसअघि चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरुले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए ।

थापा पछिल्लाे समय राजनीतिमा लागेकी थिइन् । उनी राप्रपाकाे महाधिवेशनमा महामन्त्रीमा उठेकी थिइन् । तर उनी कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्