Sunday, November 27, 2022
10.5 C
Diktel

रहेनन् कलाकार जयनन्द लामा

Subtitle

चर्चित लाेकगायक तथा कलाकार जयनन्द लामाकाे निधन भएकाे छ । उनकाे बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएकाे हाे ।

उनी मंगलबार राति बौद्धबाट घर फर्किएका थिए । घरमा गाडीबाट झर्ने क्रममा उनी लडेका थिए । उनकाे टाउकाेमा गहिराे चाेट लागेकाे थियाे ।

राति २ बजेतिर गाडीको आवाज सुने पनि परिवारले भने बिहान मात्र थाहा पाएकाे बताइएकाे छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृखंलामा पनि अभिनय गरेका थिए ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलोपटक अभिनय यात्रा सुरु गरेका थिए । लामाका ​कलकत्ते काइँयो, मुलाको चाना लगायतका गीत लाेकप्रिय छ ।

पछिल्लो समय उनी हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्