Friday, December 9, 2022
15.9 C
Diktel

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीकाे मुद्दा

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीकाे मुद्दा दर्ता गरेकी छन् ।

१७ वर्ष मात्र पुगेकी समीक्षाले पलले आफूलाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

कानुन अनुसार १८ वर्ष मुनिका बालबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि त्यो बलात्कार मानिन्छ ।

समीक्षा र पलबीचकाे अडियाे केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल पनि भएकाे छ ।

सोमबार रातिदेखि दुईवटा अडियो भाइरल बनेका थिए । एउटा अडियाेमा समीक्षा र पल दुवैको आवाज सुनिएको छ । जसमा पलले अधिकारीलाई आफूहरुबीच भएको कुरा सामान्य रहेको भनेर बुझाउन खोजिरहेका छन् ।

अर्को अडियोमा समीक्षाले आफ्नो र पलको भेट हुँदादेखिको घटनाको विवरण सुनाइरहेकी छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्