जसपाबारे नयाँ गीत सार्वजनिक

जनता समाजवादी पार्टीकाे नयाँ गीत हिजाे सार्वजनिक गरिएकाे छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडाैंकाे कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा उक्त गीत सार्वजनिक गरेका हुन् ।

जहाँ जसपाकाे केन्द्रीय समितिकाे बैठक चलिरहेकाे थियाे ।

उक्त गीतकाे शब्द र संगीत जुद्ध ढाक्रेकाे हाे । ढाक्रे जसपाका केन्द्रीय सदस्य हुन् । शम्भु लिम्बू, लक्ष्मी स्याङ्तान, खुशी थुलुङ, ढाक्रेकाे स्वरमा गीत रेकर्ड गरिएकाे हाे ।

संगीत संयोजन भने कुमार थापा मगरको हाे । गीत रेकर्डिङका लागि मानसिंह गुरुङ (दक्षिण कोरिया), पिजी शेर्पा (बिल्जियम), नेत्र मगर (बेल्जियम ), टीका बास्तोला (सोलुखुम्बु ), खेमराज खड्का (ओखलढुंगा), सन्तोष सिलवाल (काठमाडौं), नेत्रबहादुर कटवाल (ओखलढुंगा) र कुमारराज केसी (रामेछाप)ले प्रायाेजन गरेका थिए ।

यस्ताे छ गीतकाे शब्द : 

जनता समाजवादी पार्टी नेपाल
भाषा धर्म वर्ग लिङ्ग क्षेत्रको समावेशी पहिचान बोक्ने पार्टी यो
हिमाली पहाडी मधेसी जोड्ने जातीय संस्कृति विविधता मान्ने नयाँ शक्ति जन्मियो नेपालमा
संघीयता जातीय मुक्तिको लागि समाजवाद वर्गीय मुक्तिको लागि नयाँ शक्ति जन्मियो नेपालमा ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

4 COMMENTS

  1. गीतको माध्यमबाट जागरण ल्याउने साथीहरुलाई सलाम्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img