Thursday, August 11, 2022
23.3 C
Diktel

डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले जित्यो

हिमालय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ ।

शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै याे जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भए ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । जसमा गौरी मल्ल, दिलीप रायमाझी र रेनेशा बान्तावा राई निर्णायक मन्डल थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्