साल्पा अनलाइन समुदाय संरक्षक कार्यक्रम (Community Endowment Fund)
१. परिचय
साल्पा अनलाइन नेपालका आदिवासी–जनजातिहरूको पहिचान र संस्कृतिसम्बन्धी विषयहरूलाई प्राथमिकता दिने स्वतन्त्र डिजिटल मिडिया हो। तर, व्यवसायिक विज्ञापनको अभाव तथा आर्थिक चुनौतीका कारण पहिचान–केन्द्रित पत्रकारिता लगातार अघि बढाउन कठिन भएको छ।
यसैले हामी दीर्घकालीन र स्वतन्त्र पत्रकारिता गर्न साल्पा अनलाइनकाे साझेदारीमा समुदाय संरक्षक कार्यक्रम (अक्षयकोष) सुरु गर्दैछौँ। यसका लागि ‘समुदाय अक्षयकोष (Community Endowment Fund)’ स्थापना गर्न लागेका छौँ। समुदायकै सहयोगमा दिगो र स्वतन्त्र मिडिया निर्माण गर्ने हाम्रो प्रस्ताव यसप्रकार छः
२. उद्देश्य
दीर्घकालीन स्थायी कोष निर्माण गर्ने
कोषबाट प्राप्त ब्याजलाई मात्र प्रयोग गरी मिडिया सञ्चालन गर्ने
पहिचान, संस्कृति र समुदाय–केन्द्रित स्वतन्त्र पत्रकारितालाई सुदृढ गर्ने
राजनीतिक वा व्यापारीक नियन्त्रणबाट मिडियालाई स्वतन्त्र राख्ने।
३. अक्षयकोष कसरी चलाउने?
न्यूनतम ५,००० रुपैयाँबाट याेगदान सुरु गर्ने
संकलित रकम सुरक्षित रूपमा उच्च ब्याज दर भएको बैंकमा राख्ने
मूलधन कहिल्यै नचलाइने, ब्याजबाट मात्र मिडिया सञ्चालन गरिने।
४. ब्याज कहाँ प्रयोग हुनेछ?
समाचार उत्पादन तथा रिपोर्टिङ,
मल्टिमिडिया स्टोरीटेलिङ (टेक्स्ट, फोटो, भिडियो, पोडकास्ट) र
वेबसाइट होस्टिङ, मर्मत तथा डोमेन नवीकरण।
५. पारदर्शिता
वार्षिक अडिट
आय–व्यय विवरण सार्वजनिक
वेबसाइटमा नियमित अपडेट
संरक्षक तथा सहयोगीहरूको नाम सम्मानपूर्वक प्रकाशन।
६. संरक्षक तथा सहयोगी ढाँचा
(क) महासंरक्षक- ५०,००० वा सोभन्दा बढी योगदान
(ख) विशिष्ट संरक्षक- २०,००० वा सोभन्दा बढी योगदान
(ग) संरक्षक- ५,००० वा सोभन्दा बढी योगदान।
७. संरक्षक कसरी बन्ने?
माथि उल्लेखित तीनमध्ये कुनै पनि ढाँचामा आर्थिक सहयोग गरी ‘समुदाय अक्षयकोष’मा सहभागी हुन सकिन्छ। (अहिलेलाई विजय राईको ग्लोबल आइएमई बैंक, खाता नं. ०३६०७०१००१२०६४ मा क्युआर कोड स्क्यान गरी रकम जम्मा गर्न सकिने)
८. संरक्षकलाई प्रदान गरिने सम्मान
‘Community Patron of Salpa Online’ उपाधि
डिजिटल वा प्रिन्ट प्रशंसापत्र
वेबसाइटकाे Community Support Wall मा नाम उल्लेख।
९. अपेक्षित उपलब्धि
पहिचान–केन्द्रित पत्रकारिताको निरन्तरता
संस्कृति संरक्षणमा प्रत्यक्ष योगदान
समुदायद्वारा सञ्चालित स्वतन्त्र मिडिया
राजनीतिक–व्यवसायिक निर्भरता घटाएर स्वतन्त्रता सुनिश्चित।
१०. त्यसैले पहिचान, संस्कृति र समुदायकाे आवाजलाई बचाउन ‘साल्पा अनलाइन सामुदाय अक्षयकोष’ निर्माण गरौँ। तपाईंको सहयोगले पहिचान–केन्द्रित पत्रकारिताको भविष्य सुरक्षित गर्न सक्छ।