अभाव भएपछि भारतबाट आउन थाल्यो दूध

दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् ।

दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए ।

सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो ।

आयात खुला भएपछि सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले हालसम्म ६० हजार लिटर दूध आयात गरिसकेको छ भने अरू ल्याउने प्रक्रियामा छ ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले विहारको पटनाबाट ६० हजार लिटर दूध आयात गरेको जानकारी दिए ।

पोखराको सुजल फुड प्रालिले भारतबाट दूध आयात गर्न थालेको छ ।

सुजलका व्यापार प्रमुख दशरथ सिलवालले ४० हजार लिटर दूध आयात गरेको र अरू आउने प्रक्रियामा रहेको बताए ।

उनले भने, “भारतबाट दूध ल्याउन सरकारी प्रक्रिया नै झन्झटिलो छ । दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न भनेको छ तर प्रक्रिया यति झन्झटिलो छ कि त्यो पूरा गर्दैमा समय खेर गइरहेको छ ।”

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्