अर्थमन्त्री डा. प्रकाश शरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् ।

बिहीबार सुख्खा बन्दरगाह बिरगन्ज र बिरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री महतले याे कुरा बताएका हुन् ।

‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभाे र सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं,’ मन्त्री महतले भने ।

उनले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको भएकाे र राजश्व नउठ्नु कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए ।

तर, बजारमा प्रशस्त सामान छ, तर राजश्व घटिरहेको छ भने मन्त्री महतले भने, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्ने छन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिक भन्दा निजी फाइदालाई महत्व दियाैं भने राजस्व कम उठ्छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here