आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट घाेषणा

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेकाे छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा संघीय सरकारले खर्च गर्ने चालु खर्चतर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरिएकाे छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो ।

त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको २२.७ प्रतिशत हो ।

वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ ।

विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाउने लक्ष्य राखिएकाे छ ।

नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ भने फेरि ऋण लिइने छ । जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने अर्थमन्त्री पाैडेलले बताए ।

प्रतिनिधिसभा नभएकाे अवस्थामा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाे हाे ।

गत वर्षकाे बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्