असार ७ गतेदेखि बैङ्क तथा वित्तीय संस्था पूर्ण रूपमा सञ्चालन हुने

काेराेना महामारीका कारण झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङ्किङ कारोबार खुला गर्ने सहमति भएको छ ।

सङ्घका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो ।

पछिल्लो समय बैङ्कका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैङ्करको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय पनि सङ्घले गरेको उनले बताए ।

निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ ।

अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्