खुल्यो मनकामना स्मार्ट लघुवित्तको आईपिओ

मनकामना स्मार्ट लघुवित्तकाे प्राथमिक सेयर (आईपिओ) बिहीबारदेखि खुलेको छ । लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ ।

कम्पनीको आईपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ ।

कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६७.८९ प्रतिशत रहनेछ। कम्पनीको आइपिओमा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। त्यस्तै सिडिएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिसेयर अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा छ। २०७८र७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्