ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

बजारको एकतिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डिजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढिरहेको छ ।

यो वृद्धि तीन हप्ताअघि सात प्रतिशत मूल्य वृद्धिपछि भएको हो र यसले यस पहिले नै उच्च अवस्थामा पुगेको मुद्रास्फीतिको बढ्दो दबाबलाई थप्नेछ ।

कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि यो द्वीप आर्थिक सङ्कटको चपेटामा परेको छ ।

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा व्यापक आयात प्रतिबन्ध लगाएको थियो ।

अहिले मुलुकमा इन्धन, विद्युत, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको व्यापक अभाव भइरहेको छ । सुपरमार्केटहरूमा चामल, चिनी र दूधपाउडर लगायतका आधारभूत खाद्यपदार्थको अभाव भएको देखिएको छ ।

यस अभावले गर्दा गत महिना खाद्यान्न मुद्रास्फीति २५ प्रतिशत पुगेको र समग्र मुद्रास्फीति १६.८ प्रतिशत पुगेको छ ।

राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले तत्काल ऊर्जा मूल्य संशोधन गरेको थिएन, तर यसका अधिकांश पम्पहरूमा धेरै दिनदेखि इन्धनको अभाव थियो ।

ऊर्जामन्त्री उदय गमन्पिलाले यस हप्ता ‘केही दिनमा’ इन्धनको अभाव कम हुने आशा गरेको घोषणा गरेका थिए, तर सीपीसीको घाटालाई नियन्त्रण गर्न तीव्र मूल्यवृद्धि आवश्यक रहेको चेतावनी दिएका थिए ।

सीपीसीले नगद सञ्चार अभावको सामना गरेको र ३.५ अरब अमेरिकी डलरभन्दा बढी ऋण बोक्दै गरेको मन्त्री गमन्पिलाले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्