Thursday, December 8, 2022
8.8 C
Diktel

चार प्रदेशकाे १३ जिल्लामा देखियाे बर्डफ्लू

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल चार वटा प्रदेशकाे १३ जिल्लामा बर्डफ्लू फैलिएकाे जनाएकाे छ ।

गत माघ ११ गते सुनसरीमा देखिएकाे बर्डफ्लू फैलिएर हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार प्रदेश १ काे मोरङ, उदयपुर र सुनसरी, मधेस प्रदेशकाे बारा, पर्सा र धनुषा, बागमती प्रदेशकाे काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशको कास्कीमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ ।

बर्डफ्लू संक्रमण बढेको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह पनि गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्