Thursday, August 11, 2022
23.3 C
Diktel

साकेला गाउँपालिकाको बजेट ३४ करोड ५६ लाख

चालू आवको भन्दा २ करोड ३२ लाखले बढी

खोटाङस्थित साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कूल ३४ करोड ५६ लाख ८२ हजार ७३० रुपैयाँको बजेट तथा कार्यक्रम ल्याएको छ ।

शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट  प्रस्तुत गरेकी हुन् ।

यो बजेट चालू आव २०७८/०७९ को भन्दा २ करोड ३२ लाख ९१ हजारले बढी हो । गाउँपालिकाको चालू आवको कूल बजेट ३२ करोड २३ लाख ९० हजार ७३० छ ।

गाउँपालिकाले आगामी आवमा चालू खर्चका लागि ६ करोड ५७ लाख ४९ हजार ७३० र पूँजीगत खर्चका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आवमा १७ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

यसैगरी साना सिंचाइका लागि १ करोड २५ लाख छुट्याएको छ भने गाउँपालिकाको पाँचवटै वडाका लागि एकमुष्टमा १ करोड १५ लाख छुट्याएको छ ।

यसैगरी ससर्त खर्चतर्फ १८ करोड ६ लाख ७९ हजार छुट्याएको छ ।

गाउँपालिकाले आगामी आव संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान ७ करोड ९९ लाख, राजश्व बाँडफाँडबाट ६ करोड १३ लाख, ससर्त अनुदान १३ करोड र विशेष अनुदान १ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ ।

यसैगरी प्रदेश सरकारबाट दिइने अनुदान ४० लाख ४६ हजार, सवारी कर बाडफाँडबाट २६ लाख ९१ हजार, प्रदेश समपूरक अनुदान १ करोड र प्रदेश ससर्त अनुदान ३५ लाख ९९ हजार प्राप्त हुने प्रक्षेपण छ ।

गाउँपालिकाले आगामी आवमा १७ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई लगायतकाे उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्