Thursday, August 11, 2022
23.3 C
Diktel

केपिलासगढी गाउँपालिकाकाे बजेट ३६ करोड ८२ लाख

खाेटाङकाे केपिलासगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कूल ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँकाे बजेट तथा कार्यक्रम ल्याएकाे छ ।

गाउँपालिकाकाे शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९/०८० काे बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले आर्थिक विकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पुर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको छ ।

गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्