विहेपछि महिलाहरुमा आउने १० परिवर्तन

प्रायजसो बिहेपछि महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेषगरी बिहेपछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोलीचालीदेखि हरेक कुरामा परिवर्तन देख्न सकिन्छ । साथै बिवाहपछि महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।

सामान्यतय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिपको आकारमा धेरै परिवर्तन भएको देख्न सकिन्छ । हाम्रो देशमा सामान्यतः महिलाहरु सानै उमेरमा शारीरिक विकास नभएकै बेला बिवाह गर्छन् । त्यस कारण पनि बिहेपछि हिपको साइज बढ्नु अथवा ठुलो हुनु सामान्य मानिन्छ ।

तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् । हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो । बिहेपछि महिलाहरु किन धेरै मोटाउँछन् । किन यति धेरै परिवर्तन आउँछन् । कारण यस्तो छ ।

१, अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बदलिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२, हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ ।

३, उमेरको असरः विभिन्न अनुसन्धानका अनुसार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुँदै जान्छ । जसकारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४, सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहेअघि राम्रो देखिन तथा राम्रो पति पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् । तर बिहेपछि यो दबाब कम हुन्छ । जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

५, धेरै टिभी हेर्नुः प्रायजसो बिहेपछि हाम्रो समाजमा श्रीमान् कामका लागि बाहिर जान्छन् भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने प्रचलन रहेको छ । दिउँसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनीहरु  शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

६, टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ । यसले तनाब बढ्छ र साथसाथै तौल पनि ।

७, गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १–२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन् । महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।

८, लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन् । तर बिहेपछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैनन् । त्यसैले तौल बढ्छ ।

९, खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन् । यसले तौल बढाउँछ ।

१०, प्राथमिक्तामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटिन बन्ने गर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैनन् र तौल बढ्छ । एजेन्सी

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्