बेलुकी खाना खाइसकेपछि बज्रासन किन र कसरी गर्ने?

खाना खाएको ५–१० मिनेटपछि सफा ठाउँमा घुँडा टेकेर खुट्टा पछाडि मोड्दै एडीमाथि बस्नुहोस्। ढाड सिधा राख्नुहोस्, दुवै हात तिघ्रामाथि राख्नुहोस् र सामान्य रूपमा सास फेर्नुहोस्। ५–१० मिनेट यसरी बस्न सकिन्छ।

यसो गर्दाका फाइदाहरू:

पाचन प्रक्रियालाई सहयोग पुग्छ।

ग्यास, अपच र पेट फुल्ने समस्या कम गर्न मद्दत गर्छ।

खाना खाएपछि हुने अल्छिपन कम हुन्छ।

कम्मर र ढाडको सही आसन कायम राख्न सहयोग गर्छ।

मनलाई शान्त र एकाग्र बनाउन मद्दत गर्छ।

तर ध्यान दिनुहोला, घुँडाको गम्भीर चोट, हालैको शल्यक्रिया वा तीव्र घुँडा दुखाइ भएकाहरूले चिकित्सकको सल्लाहबिना यो आसन नगर्नुहोस्। सानो बानी, ठूलो फाइदा – बेलुकीको खाना पछि ५–१० मिनेट बज्रासन बस्ने बानी बसालौं।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्