अहिले विश्वसँगै नेपालमा पनि तेस्राे चरण अनुरुप काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे महामारी फैलिएकाे छ । ढिलाेचाडाे यसले सबैलाई संक्रमित पार्ने अवस्था देखिएकाे छ ।

तर सकेसम्म संक्रमित हुनबाट बच्ने प्रयास गराैं । सरकारी नियम पालना गराैं ।

यहाँ हामीले ओमिक्रोन भेरियन्टकाे भाइरस शरीरमा छिरेपछि त्यसले देखाउने संकेतबारे गुगलबाट खाेजी गरी बुँदागत रुपमा राखेका छाैं ।

१.    टाउको दुख्ने
२.    नाकबाट पानी बग्ने
३.    थकाइ
४.    हाच्छ्युँ
५.    घाँटी खसखस हुने
६.    खोकी लाग्ने
७.    कर्कश आवाज
८.    जाडो लाग्ने वा शरीर काँप्ने
९.    ज्वरो
१०.   रिंगटा लाग्ने
११.   मस्तिस्कमा सामान्य असर । जस्तै केही कुरा भुल्ने, एकाग्र नहुने ।
१२.   सुँघ्ने क्षमतामा फरक
१३.   आँखामा दुखाइ
१४.   मांशपेशीमा दुखाइ
१५.   छाती दुख्ने
१६.   भोक नलाग्ने
१७.   स्वाद हराउने
१८.   कमजोरी
१९.   श्वासप्रस्वासमा समस्या
२०.   छालामा डबर तथा दाग देखिने ।