बाबुरामलाई अशोक राईकाे सुझाव : प्रतिशतकाे हैन, जनताकाे नेता हुनुस्

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले डा. बाबुराम भट्टराईलाई प्रतिशतकाे हैन जनताको नेता हुन सुझाव दिएका छन् ।

वीरगन्जमा आयाेजित पार्टीकाे केन्द्रीय समिति बैठकको पहिलो दिन आज वरिष्ठ नेता राईले उक्त कुरा बताएका हुन् ।

उनले आफूहरुले भट्टराईलाई पार्टीकाे शीर्ष नेता बनाएकाे तर उनले भने प्रतिशतको नेता बन्न खोज्नु दुखद् रहेकाे बताए ।

उनले पार्टीभित्र असमझदारी, वादविवाद थिए भने पनि तीन महिनाका लागि स्थगित गरेर निर्वाचनमा परिणाम ल्याउनुपर्ने बेलामा कानुनी रुपमा, विधिको हिसाबले र नैतिक हिसाबले पनि गर्न नमिल्ने सामानान्तर बैठक निन्दनीय रहेको समेत बताए ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह, मो. इस्तियाक राई, युवराज कार्की, रकम चेम्जोङ, राममसहाय यादव, मो. लालबाबु राउत, शिवलाल थापा, सुशीला श्रेष्ठ र केन्द्रीय सदस्य प्रदीप यादवले आफ्नो धारणा राखेका थिए ।

जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धी समीक्षा, संसदीय बोर्ड गठन, निर्वाचन तयारी अभियान समिति गठन, केन्द्रीय समिति/केन्द्रीय कार्यकारिणी समिति पुनर्गठन, चुनावी तालमेल, विधान संशोधन लगायतका कार्यसूचीमा केही बेरमा छलफल हुने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. कहिल्यै राष्ट्रिय पार्टी नबन्ने क्षेत्रिय पार्टी मै रमाउने उपेन्द्र यादवको कार्यशैलीले आजको एक बर्षभित्रमा सबै पहाडे मुलका नेताहरुलाई किनारा लगाएन भने भन्नुहोला।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img