विभाजनपछि जसपाः उपेन्द्रकाे पक्षमा ३०७, बाबुरामको साथमा ७०

३२ मध्ये २० कार्यकारिणी उपेन्द्रसँगै

जनता समाजवादी पार्टी, नेपालले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही स्वरुप पदमुक्त गरिदिएको छ ।

गत असार २९–३० गते मधेस प्रदेशको वीरगन्जमा बसेकाे केन्द्रीय समितिकाे बैठकले भट्टराईसहितका नेताहरुकाे जिम्मेवारी खाेसेकाे हाे ।

केन्द्रीय समितिकाे अध्यक्ष उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको बैठकले पार्टी फुटाउने षडयन्त्र गरेकाे भन्दै भट्टराईसहित हिसिला यमी, गंगानारायण श्रेष्ठ, महेन्द्रराय यादव, प्रशान्त सिंह, दुर्गा सोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले भट्टराईको ठाउँमा वरिष्ठ नेता अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ ।

यता असार २८–२९ गते काठमाडौंको जडिबुटीमा अलगै बैठक गरेका भट्टराईले आज एक प्रेस वक्तव्य जारी गरी वीरगन्जको बैठकले गरेको निर्णय ‘अवैधानिक अराजनीतिक र अनैतिक’ भनेका छन् ।

उनले आफूहरुमाथि गरिएको कारबाहीको भत्र्सनासहित उक्त कारबाहीको निर्णय खारेज गरेको भन्दै अब पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् ।

भट्टराईले वक्तव्यमा वीरगन्जको बैठकलाई ‘अवैधानिक’ भने पनि उक्त बैठकमा अत्यधिक केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

केन्द्रीय सदस्य पूर्ण बस्नेतकाअनुसार जम्मा ४९९ केन्द्रीय सदस्य रहेकोमा वीरगन्जको बैठकमा ३०७ जना उपस्थित थिए ।

भट्टराई पक्षले आफ्नाे बैठकमा १२० जना केन्द्रीय सदस्यले भाग लिएको दाबी गरे पनि बैठकमा सहभागी एक नेताले ७० जना मात्रै भएको बताए ।

यसैगरी जसपामा ३४ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेकोमा वीरगन्जको बैठकमा २० जना उपस्थित भए भने भट्टराईको जडिबुटी बैठकमा ७ जना मात्रै थिए ।

पाँच जना कार्यकारिणी सदस्य भने कतै गएनन् ।

वीरगन्ज बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१ उपेन्द्र यादव
२ अशोक राई
३ राजेन्द्र श्रेष्ठ
४ रकम चेम्जोङ
५ रेणु यादव
६ गोविन्द चौधरी
७ सुशीला श्रेष्ठ
८ रामसहाय प्रसाद यादव
९ रणध्वज कन्दङवा
१० लालबाबु राउत
११ मृगेन्द्रसिंह यादव
१२ परशुराम बस्नेत
१३ युवराज कार्की
१४ विजय यादव
१५ मोहम्मद इस्तियाक राई
१६ प्रकाश अधिकारी
१७ गजाधर यादव
१८ शिवलाल थापा
१९ मनिष सुमन
२० नोवलकिशोर साह ।

जडिबुटी बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१ डा. बाबुराम भट्टराई
२ हिसिला यमी
३ महेन्द्र राय यादव
४ गंगानारायण श्रेष्ठ
५ डम्बर खतिवडा
६ प्रशान्त सिंह
७ रमेश यादव

कतै भाग नलिएका कार्यकारिणी सदस्यहरुः
१ हेमराज राई
२ भक्तबहादुर साह
३ दुर्गा सोव
४ राजकिशोर यादव
५ अमृता अग्रहरी ।

जसपाको कोटाबाट प्रदेश १ को प्रमुख भएपछि परशुराम खापुङ र साउदी अरबको राजदूत भएपछि नवराज सुवेदीले पहिल्यै कार्यकारिणी सदस्यबाट राजीनामा दिएका थिए ।

जसपाको २० जना संघीय सांसद रहेकोमा हाल भट्टराईको पक्षमा उनीसहित तीनजना मात्रै छन् ।

समानुपातिकबाट सांसद बनेकी अमृता अग्रहरीले भट्टराईलाई साथ दिएकी छन् । तर उनी जडिबुटी बैठकमा भने थिइनन् ।

अमृता अग्रहरी, दुर्गा सोव र भक्तबहादुर साह भट्टराईकै पक्षका हुन् भने हेमराज राई र राजकिशोर यादव तटस्थ बसेका छन् ।

जसमध्ये हेमराज राई संस्थापनमै रहने विश्वास गरिएको छ । उता राजकिशोरलाई भट्टराई पक्षले आफ्नाेमा आउन फकाइरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्