सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो १ बजे बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए ।
यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।
