जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले डा. बाबुराम भट्टराईले गलत कदम गलत समयमा चालेको बताएका छन् ।
आज पार्टीनिकट समाजवादी दलित मुक्ति संगठन नेपालको ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष राष्ट्रिय भेलामा अध्यक्ष राईले सो कुरा बताएका हुन् ।
‘बाबुरामजी व्यक्तिगत रुपमा मैले आदर गरेको मान्छे । तर उहाँले गलत कदम गलत समयमा चाल्नुभो,’ उनले भने, ‘गलत कदम यसकारण कि विभाजित भएर हामी केही जित्नेवाला छैनौ, केही पाउनेवाला छैनौ हामीले गुमाउँछौ मात्रै ।’
उनले एकताबद्ध भएपछि मात्रै धेरै कुरा पाउन सकिने भन्दै आफ्ना पूर्वसहयात्री भट्टराईकोबारेमा टिप्पणी गरेका हुन् ।
उनले हाल भट्टराई पक्षकै नेताहरुले उनलाई छोड्दै गएको पनि बताए ।

भट्टराईले एउटा गलत स्टेप चालेकाले उनले अलग चुनाव चिन्हसहितको अलग पार्टी बनाए पनि हाल नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लड्नुपर्ने स्थिति आएको उनले बताए ।
कार्यक्रममा नेता राईले हेमराज राई भने वैचारिक रुपमै स्खलित भएर पार्टीबाट बहिर्गमन भएको बताए ।
उनले भने, ‘हेमराजजी विचारमै पतन भएर जानुभएको हो, अब एमाले पस्न त्यो विचार बनाउनुभो कि त्यस्तो विचार बनेको हुनाले एमाले पस्नुभो त्यो चाहिँ अहिले भन्न सकिदैन ।’
बाँकी भिडियोमाः
