जनता समाजवादी पार्टी नेपालले सत्तारुढ दलभित्र संघ र प्रदेशको सिट बाँडफाट सन्तोषजनक नभएको जनाएको छ ।
जसपाले आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेसहितका अन्य दलहरुसँग पनि तालमेल हुन सक्ने संकेत गरेको हाे ।
जसपाका प्रवक्ता मनिष सुमनले आज एक प्रेस नोट जारी गरी सत्तारुढ दलभित्र सिट बाँडफाट सन्तोषजनक नभएको र अब अन्य दलहरुसँग पनि तालमेल गर्न सकिने जनाए ।
सिंहदरबारमा आज बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे प्रेस नाेटमा उल्लेख छ ।
सत्ता गठबन्धनका कांग्रेस र माओवादीले जसपालाई १५ सिट मात्रै दिने गरी सहमति गराउन खाेजेकाे थियाे ।
यता एमालेले भने पटक पटक सम्पर्क गरी आफूहरुसँग तालमेल गर्न आग्रह गर्दै आएकाे छ ।

