मिडियाले निर्वाचन आचार संहिता पालना गरे नगरेको आफैँ अनुगमन गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।
‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरेर सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर मिडिया अनुगमन गर्ने तयारीप्रति चर्को विरोध भएपछि आयोग पछि हटेको हो ।
शुक्रबार बसेको आयोगले बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता कार्यान्वनय भए नभएको अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मा दिने निर्णय गरेको हो ।
