नेपाल संवत्‌लाई सरकारी कामकाजको संवत् बनाउनुपर्छः अशोक राई

आजबाट नेपाल संवत् ११४३

आजदेखि नेपाल संवत् ११४३ सुरु भएको छ । यो नेपालको एक मौलिक संवत् हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले इस्वी संवत् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्‌काे सुरुवात गराएका थिए ।

नेपाल संवत् ११४३ तथा न्हू दँया भिन्तुनाको अवसरमा झिगु समाज धरानले बुधबार विहान प्रभातफेरि तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

सिद्धि नेवा परिषद् भवनमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का जसपा–एमालेका साझा उम्मेदवार अशोक राई सहभागी भएका थिए ।

सो अवसरमा पत्रकारहरुसँग अध्यक्ष राईले नेपाल संवत्‌लाई सरकारी कामकाजको संवत् बनाउनुपर्ने बताए ।

‘हामी संकिर्ण बन्न जरुरी छैन,’ उनले भने, ‘हाम्रो सरकारी कामकाजको प्रयोजनको निम्ति नेपाल संवत्‌लाई प्रयोग गर्नुपर्छ, किनकि नेपाल संवत् हाम्रो आफ्नै संवत् हो ।’

उनले नेपाल संवत्‌लाई सरकारी कामकाजको रुपमा प्रयोग गर्दा त्यसले राष्ट्रिय गौरव सुदृढ हुने बताए ।

उनले विक्रम संवत्‌लाई चाडबाड मनाउनका लागि कायम राख्नुपर्ने तथा अन्तर्राष्ट्रिय हिसाबले इस्वी संवत्‌लाई पनि प्रचलनमा ल्याउनुपर्ने धारणा राखे ।

‘भाषा संस्कृति हाम्रो पौरख, नेपाल संवत् राष्ट्रिय गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रमपछि धरान नगरमा सांस्कृतिक र्‍याली निकालिएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं १ का एकमात्र प्रभावशाली उम्मेदवारका रुपमा रहेका नेता राई उक्त र्‍यालीमा पनि सहभागी भएका थिए ।

जसमा जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन समानुपातिक उम्मेदवार सुशीला श्रेष्ठ पनि सहभागी भएकी थिइन् ।

सुनसरी–१ ‘क’ र ‘ख’का जसपा–एमालेका साझा प्रत्यक्ष उम्मेदवार रमेश बस्नेत र विजय राई पनि समाराेहमा सहभागी भएका थिए ।

तस्बीरमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्