खोटाङबाट तीनजनै राई उम्मेदवार निर्वाचित

एमालेका भट्टराई २ हजार ६६९ मतान्तरले पराजित

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गरेका हुन् ।

उनले ३१ हजार ३५१ मत ल्याए । भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

जनता समाजवादी पार्टीका कृष्णकुमार राई १ हजार ९१४ मतसहित तेस्रो भए ।

माओवादीका राई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् भने एमालेका भट्टराई र जसपाका राई एक्लाएक्लै लडेका हुन् ।

प्रदेशसभा सदस्यमा

प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट एमालेका पाँचकर्ण राई निर्वाचित भएका छन् ।

उनले १३ हजार १५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका विरबलकाजी राईले ११ हजार ९६५ मत ल्याए ।

कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका धर्मराज पोखरेल ३ हजार १४५ मतसहित तेस्रो भए ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट बाम लोकतान्त्रिक गठबन्धनका भूपेन्द्र राई १६ हजार ४९६ मतसहित विजयी भए ।
उनका प्रतिद्वन्द्वी रामप्रसाद दंगालले १४ हजार ३५६ मत ल्याए ।

भूपेन्द्र राई कांग्रेस र रामप्रसाद दंगाल एमालेका नेता हुन् । जनता समाजवादी पार्टीका प्रेमकुमार राई ९३५ मतसहित तेस्रो भए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्