धरानको खानेपानी र सडकमा चासो दिँदै अशोक राई पुगे नगरपालिका

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले आफ्नाे निर्वाचन क्षेत्रको विकास निर्माणको काम प्रभावकारी बनाउने काम सुरु गरेका छन् ।

उनले बुधबार धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) सँग भेटेर धरानको खानेपानी समस्याको समाधानका लागि हालसम्म भएका प्रयासहरु र सडक निर्माणका कामबारे जानकारी लिएका छन् ।

सुनसरी–१ मा पर्ने विकास निर्माणका बारेमा जानकारी लिन राईका साथमा प्रदेश निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित रमेश बस्नेत र प्रदेश निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित विजय राई पनि नगरपालिका पुगेका थिए ।

पूर्वमन्त्री समेत रहेका नेता राईले मेयर साम्पाङलाई भेटेर धरानबासीलाई खानेपानी उपलब्ध गराउन नगरपालिकाको तर्फबाट हालसम्म भएका प्रयासहरुबारे जानकारी लिए ।

उनले धरानलाई छुने मदन भन्डारी राजमार्ग र कोशी राजमार्ग विस्तारबारे पनि जानकारी लिए ।

नेता राईले अघिल्लो दिन सो सडकका आयोजना प्रमुखहरुसँग धरान–१७ स्थित आफ्नाे निवासमा बोलाएर ब्रिफिङ लिएका थिए ।

आफ्नाे कार्यालयमा आइपुगेपछि मेयर साम्पाङले तीन जनै सांसदहरुलाई माला र अविरको टीका लगाएर बधाई दिए भने धरानको विकासका लागि सहयोग गर्न अनुरोध गरे ।

बाँकी भिडियोमाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img