अरुलाई चरित्रहीन देखाउन आफू चरित्रवान् हुनैपर्छ रविजी

अरस्तुले भनेका छन्– ‘आफ्नो भनाइमा सहमत गराउने सबैभन्दा प्रभावकारी माध्यम चरित्र हो ।’ (तर्क होइन) श्रीमद्भागवतमा भनिएको छ– कलियुगमा साधु र लुटेराहरु बस्त्रले मात्रै छुट्टिन्छन् ।

नेपालमा वैकल्पिक राजनीतिको जग बसाउने अपेक्षा गरिएका नेताले मजस्तो एउटा सामान्य मानिसको चरित्रमाथि भ्रमको तोप हानेपछि मेरो व्यक्तिगत चरित्र थाहा नपाउनुभएका कैयौं अपरिचित मित्रहरुले सामाजिक सञ्जालमा विविध प्रश्न उठाउनुभएको छ । यसका लागि उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यस अर्थमा कि मैले आफ्नो बारेमा केही बताउने मौका पाएँ ।

मेरो कुरामा तपाईंहरु सहमत हुनुपर्छ भन्ने कुनै जरुरी छैन । अझै केही दशक बाँचिएला, एउटै डुंगामा छौं, परीक्षाहरु दिँदै जाऔंला, लिँदै जानुहोला । अहिले चाहिँ म आफ्नो बारेमा केही प्रष्ट्याउने दुष्प्रयास गर्दछु ।

मेरो विचारमा मानिसको मूल्यांकनको महत्वपूर्ण आधार उसको चरित्र हो । अनैतिक मानिसले समाजको नेतृत्व गर्ने हैसियत र नैतिकता राख्दैन भन्ने मेरो मान्यता छ । नारीलाई सम्मान नगर्ने स्त्रीपीडकहरु मेरो नजरमा समाजका कलंक हुन् । जहाँ नारीमाथि अपमान र धोका हुन्छ, त्यहाँ सभ्य समाजको कल्पना गर्न सकिँदैन भन्ने मेरो मान्यता रही आएको छ । म सभ्य नागरिक भएर जिउने प्रयासमा ५० वर्ष पुग्न लागेको नागरिक हुँ । महिला हिंसा, घरेलु हिंसा जातीय हिंसा र सबैखाले विभेदका विरुद्ध उभिँदै आएको छु र उभिइरहने छु ।

यौन अनुशासनजस्तै आर्थिक अनुशासन सभ्य नागरिकको अर्को न्यूनतम परिचायक हो भन्ने मेरो मान्यता छ । २०५७ सालदेखि पत्रकारितामा संलग्न मसँग कुनै चारपांग्रे, दुईपांग्रे सवारी साधन छैन । काठमाडौँमा अपार्टमेन्ट किनेको छैन, घर छैन । डेरामा बसेको छु । सार्वजनिक सवारी साधन प्रयोग गर्छु । तलब बाहेक कुनै अतिरिक्त आय आर्जन गर्ने गरेको छैन । बियर, रक्सी केही पनि पिउने गरेको छैन । चुरोट तान्ने गरेको छैन । मलाई चिन्नेहरुलाई मैले आफ्नो यो जोगीपन र सादगी चरित्रबारे बताउनैपर्दैन । जसले मलाई चिन्नुभएको छैन, उहाँहरुले हप्ता उठाउने, जाँड खाने, पैसामा बिक्ने इत्यादि भनेको सुन्दा नचिनेर हो जस्तो लाग्छ । मैले आफूलाई चिनाउन सकिनँ भन्ने लाग्छ ।

नयाँ राजनीतिक विकल्प दिने हो भने कसैको लहैलहैमा नलागी, नम्रतापूर्वक जनताको सेवा गर्नुपर्छ । मिडिया र नागरिक समाजको विश्वास जित्न सक्नुपर्छ । आलोचकहरुसँग पनि सहकार्य गर्न तयार हुनुपर्छ ।

रविजीलाई धन्यवाद दिन चाहन्छु, उहाँले आइतबारको पत्रकार सम्मेलनमा अनलाइनखबरको समाचारलाई पुष्टि गर्दै आफ्नो तीतो विगतबारे स्वीकारोक्ति प्रकट गर्नुभयो । पहिलो घरबार बिग्रियो, दोस्रो महिलासँग सम्पर्क भएर बच्चा जन्मियो भन्नुभयो । भलै अनलाइनखबरमा त्यो समाचार मैले लेखेको थिइनँ । तर, सम्पादक भएकाले जिम्मा लिनैपर्छ, जिम्मा लिन्छु । समाचार अझै पनि इन्टरनेटमा खोज्दा भेटिएला । त्यसमा पहिलो श्रीमतीले अन्याय भयो भन्नुभएको छ । महिला हिंसाको विषय समाचार बन्न सक्छ कि सक्दैन ? यहाँलाई थाहै होला । अझ अर्की महिलाबाट बच्चा जन्मिएको त उहाँले आइतबार आफैं स्वीकारिसक्नुभयो । परिवारमा तेस्रो व्यक्तिको प्रवेश अनैतिकता र धोका मात्र होइन, गैर कानूनी कार्य पनि हो । आधा दशकअघिको समाचारमा चित्त नबुझेको भए त्यसको उपचारविधि पनि त थियो ।

हो, हाम्रो पत्रकारिताका जीवनमा लेखेका पढेका समाचारहरुले धेरैको चित्त दुखेको हुनसक्छ, धेरै शत्रुहरु कमाइएको हुन सक्छ । रविजीको पनि टीभीमा त्यस्तै भएको थियो होला । पत्रकार त के, न्यायाधीशले पनि त सबैलाई खुशी बनाउन सक्दैनन् ।

तर, कसैसँग आग्रह पूर्वाग्रह रहेको भए कान्तिपुर टीभीमा अन्तरवार्ताका लागि रिक्वेस्ट किन गरें होला ? म्यासेज पक्कै सुरक्षित होला, मेरो मोबाइल हैन, आफ्नै मोबाइल चेक गर्नुभए हुन्छ ।

रविजीले अहिले निकितासँग खुशी छु भन्नुभयो । तपाईको वैवाहिक जीवनको सफलताको कामना गर्दछु । अझ वैवाहिक जीवनमा आपसी विश्वास, प्रेम र खुशीको निरन्तरता कसरी कायम गर्ने ? फुर्सद भयो भने एकचोटि तपाईकै पितृसत्तावादी शब्दमा ‘सम्पादकनी भाउजू’ सुशीलासँग भेट्नुहोस्, उनले तपाईलाई महत्वपूर्ण सुझावहरु दिन सक्छिन् ।

स्पष्ट होस् म तपाईको पछि लागेको छैन । म कुनै पार्टी पत्रकारितामा विश्वास गर्दिनँ । विकृति विसंगतिमा चाहिँ निर्मम छु । अरुको जिम्मा म लिन्नँ तर, आफ्नो पूरै जिम्मा लिन्छु । तपाई पनि आफ्नो जिम्मा लिनोस् । अरुलाई चरित्रहीन देखाउन आफू चरित्रवान् हुनैपर्छ, अन्यथा त्यो आत्मघाती हुन सक्छ ।

प्लेटो भन्छन्– पहिलो र सर्वश्रेष्ठ जीत स्वयंमाथि विजय प्राप्त गर्नु हो ।

अन्त्यमा, म रविजीको टिमले थालेको नयाँ राजनीतिक अभियानको सफलताको कामना गर्दछु । त्यहाँ रहेका तोसिमा, सोबिता, विजयराज, शिशिरजस्ता होनहार युवाप्रति देशले आशा गरेको छ ।

तर “यो गीत मैले गाएको हैन, सम्झाइदिएको” भनेजस्तो रविजीलाई सम्झाइदिउँ – मन्त्री हुदाँ र निस्कँदा तपाईले आफ्नो सम्पति विवरण सार्बजनिक गर्नु भो ? अनि के नयाँ थिति बसाउने कुरा गर्नु हुन्छ ? कसरी पत्याइदिने हामीले ?

शुक्रबार राति बालकोटमा दुई घण्टासम्म स्क्रिप्ट रटेर आइतबार दिउँसो बसुन्धरामा एङ्कर पढ्दा नयाँ राजनीतिक धार बन्दैन । नयाँ राजनीतिक विकल्प दिने हो भने कसैको लहैलहैमा नलागी, नम्रतापूर्वक जनताको सेवा गर्नुपर्छ । मिडिया र नागरिक समाजको विश्वास जित्न सक्नुपर्छ । आलोचकहरुसँग पनि सहकार्य गर्न तयार हुनुपर्छ । सबैभन्दा ठूलो कुरा, कसैको कठपुतली नबनी आफ्नै सार्वमौम दिमागले चल्नुपर्छ । शुभकामना छ ।

गान्धीले भनेका छन्- मानिसलाई कसैले हराउन सक्दैन, आफैंले मात्र सक्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. बाउन हरुको नाटक हेरी नसक्नु छ , यो केही होइन देशको धुकुटी लुटेर खाने प्रोप्गान्डा मात्रा हो इनिहरुको एक अर्ककालाई गाली गरे जस्तो गरेर । रवी लामी छने जस्ता हजारु बाउन हरुको बिदेशी नागरिकअता पास्पोर्ट छ नेपालमा स्वोच्छ छन्विन गर्ने हो भने तर बाउन हरुलाई कस्ले छन्बिन गर्ने ताला चावी उनिहरुकैइ हाट जे गरेनी छुट । रवी जस्ता बिदेश्मा व्ञक बाट लोन निकालेर क्रेडिट कार्द्बाट पैसा निकालेर महँगो महँगो सामान फोन ल्याप तप घडी जस्ता निकालेर भागने भारतीय र नेपाली कती छन कती गनी साध्य छैन नेपालबाट यु के अस्त्रलिय अमेरिका पढ्ने विसामा देपेन्देन्त वोर्क पारीमित गाका अनी विसा नथपिदिएर सब चोरेर नेपाल आउने वाउन लाखौं छन । विदेश्मा त चोरेर खाने हरुले नेपालमा झन लाटो देशमा गादो तन्नेरी रवी जस्ता लाई कती मोज ।
    इनिहरु लडे जस्तो गर्छन् फेरी मिल्छन पैसा हाट पारेसी । अहिले कुन वाउन्ले खान पक्षइन र करास पाए पछी चुप । खान नपाउदा कहिले जनयुद्द गणतन्त्र बाउन्बाद कहिले के कहिले के अनेक हल्ला निकाली राक्छन सोझा सिधा भोटे जनजाती हरु हेरेको हेरैइ केही भेउ पाउदैनन सर्कस हेरेर बस्छन र सकिन्छन ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्