ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

ग्रिसमा मङ्गलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौँ घाइते भाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ ।

रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो । जसले धेरै यात्रुहरू जलेका थिए । दुर्घटनामा परी  ८५ यात्रु घाइते भएका छन् ।

यात्रुवाहक रेलमा ३५० यात्रु थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्