कोशी प्रदेशका समर्थक निरन राई यायोक्खाद्वारा ‘वंश गद्दार’ घोषित

विर्तामाेड । कोशी प्रदेश नाम राख्ने प्रस्तावको समर्थक रहेर हस्ताक्षर गरेका प्रदेश सांसद निरन राईलाई किरात राई यायोक्खा झापा जिल्ला समितिले ‘वंश गद्दार’ घोषणा गरेको छ ।

साथै उनको तस्बीरमा जुत्ताको माला लगाइदिएर दुई मिनेटसम्म थुक्दै विरोध समेत गरेकाे छ ।

यायोक्खाले संसारकै प्राचीन सभ्यतामध्ये किरात सभ्यता एक रहेको र सोही सभ्यताका आधारमा प्रदेश १ को नामकरण गर्नुपर्ने आन्दोलन गरिँदै आएको भए पनि निरन राईले कोशी प्रदेशको समर्थक बनेर राई वंशकै गद्दार भएको जनाएको हो ।

उनी धनकुटा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनी नेकपा एमाले धनकुटा जिल्ला कमिटीका सचिव समेत हुन् ।

धनकुटामा प्रतिनिधिसभातर्फ एउटै मात्र निर्वाचन क्षेत्र छ ।

यायोक्खा झापा जिल्ला अध्यक्ष गणेश राईको अध्यक्षतामा शनिबार विर्तामोडमा बसेको बैठकको निर्णयअनुसार निरन राईलाई ‘वंश गद्दार’ घोषणा गर्नुका साथै विर्तामाेडकाे मुक्तिचाेकमा उनको तस्बिरमा जुत्ताको माला लगाएर थुकिएको हो ।

बैठकले किरात प्रदेशको विपक्षमा मत हाल्ने प्रदेश सांसदहरुलाई कुनै पनि कार्यक्रममा अथिति नबनाउने निर्णय पनि गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्