कोशी प्रदेशविरुद्धको आन्दोलनमा प्रहरीले चलायाे गोली, दुई जना घाइते

दमक । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै मंगलबार साँझ दमकमा राँके जुलुस निकाल्दा प्रहरी र आन्दोलनकारीहरुबीच झडप भएको छ ।

झडपमा प्रहरीले अश्रुग्यासका साथै गोलीसमेत प्रहार गरेको छ ।

प्रहरीले चलाएको गोलीबाट आन्दोलनमा सहभागी गजेन्द्र फागाे र दीक्षा क्षेत्री घाइते भएको आन्दोलनकारी दिपेन बाला राईले जनाए ।

हाल उनीहरुको दमकमै उपचार भइरहेको छ ।

फागोको घुँडामा गोली लागेको तस्बिर सामाजिक सञ्जालमा देखिएको छ । झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।

राँके जुलुस निकाल्ने क्रममा केही व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो ।

आन्दोलनकारी घटक संगठन शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका सहइन्चार्ज दलमर्दन कामीले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेकाे तर सरकार पक्षले नै भिजिलान्तेहरु प्रयोग गरी स्थिति तनाबग्रस्त बनाएको आरोप लगाए ।

‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ । प्रहरीले नै भिजिलान्तेहरु प्रयोग गरी स्थिति तनाबग्रस्त बनाएको हो,’ घटनाबारे उनले भने ।

सरकारले आन्दोलन दबाउन अनेक कार्य गरे पनि कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

उनले भने, ‘जबसम्म कोशी प्रदेश नाम खारेज हुँदैन, तबसम्म हामी मर्न मार्न तयार हुनेछौँ ।’

कोशी प्रदेश नामकरणलगत्तै सो नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित सुरु भएको आन्दोलन जारी छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्