कोशी प्रदेशमा एमाले नेतृत्वकाे सरकारबाट जसपा बाहिरियो

विराटनगर । पहिचानको आन्दोलन चर्किदै गएपछि जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेशकाे सरकारबाट बाहिरिएको छ ।

जसपाबाट स्वास्थ्यमन्त्री रहेकी निर्मला तावा लिम्बूले आज सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पदबाट राजीनामा दिएकी छन् ।

उनको राजीनामासँगै एमालेका नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रदेश सभाले पहिचान पक्षधर आन्दोलनकारीहरुको माग र भावनाविपरीत कोशी प्रदेश नाम गरेपछि उक्त नाम खारेज गरी पहिचानकाे आधारमा राख्न माग गर्दै आन्दोलन चर्काएका थिए ।

उक्त आन्दोलन अहिले पनि जारी छ ।

पहिचान पक्षधर मानिने जसपा पहिचानविरोधी मानिने एमाले नेतृत्वको सरकारमा बसिरहँदा आलोचित भइरहेको थियो ।

कोशी प्रदेशका ९३ सांसदहरुमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको एक सांसद छन् ।

एमाले, राप्रपा र जसपा मिलेर बहुमत (४७ सांसद) काे सरकार गठन गरेका थिए ।

आफूले पहिचानको आधारमा प्रदेशकाे नामकरण हुनुपर्ने मागलाई सुनुवाइ गर्नुपर्ने भन्दै आएको भए पनि बेवास्ता गरिएकोले नैतिकताको आधारमा राजनीतिमा दिएको लिम्बूले उल्लेख गरेकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्