राई जातिको विशेषता र विविधता नबुझी तथ्याङ्क सार्वजनिक गरियो

तथ्याङ्क मिथ्याङ्क भयाे, सच्याउनुपर्छ

काठमाडौँ । किरात राई यायोक्खाले केन्द्रीय तथ्याङ्क कार्यालयले राई जातिको विशेषता र विविधतालाई नबुझी गलत खालको तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।

राई ‘जाति एक भाषा अनेक’ भए पनि तथ्याङ्क कार्यालयले त्यसलाई नबुझेको र जाति, भाषा र धर्मको सम्बन्धमा आफूहरुसँग छलफल नै नगरी तथ्याङ्क सार्वजनिक गरेको यायोक्खाको गुनासो छ ।

यायोक्खा तथा मातहतका भाषिक संस्थाका प्रतिनिधिहरुले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राई जातिको विषयमा सार्वजनिक गरिएको तथ्याङ्कहरु सच्याउन माग गरेका छन् ।

‘राष्ट्रिय तथ्याङ्क कार्यालयलाई किरात राई जातिको सरोकारको विषयमा बारम्बार ध्यानाकर्षण गरिएको, ज्ञापनपत्र बुझाइएको, पटकपटक छलफल गरिएको र छलफलमा तथ्याङ्क सार्वजनिक गर्नुअगाडि किरात राई यायोक्खा र सरोकारवाला पक्षसँग छलफल गरी सही निष्कर्ष निकालेर मात्र तथ्याङ्क सार्वजनिक गर्ने भनेर राष्ट्रिय तथ्याङ्क कार्यालयले भनेकोमा त्यसो नगरी राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्याङ्क सार्वजनिक गरेकोप्रति घोर भत्र्सना गर्दै असहमति प्रकट गर्दछौँ’, पत्रकार सम्मेलनमा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कुलुङ, बान्तावा, चाम्लिङ, याम्फू, नाछिरिङ, बाहिङ/बायुङ, थुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ र लोहोरुङलाई जातिको विवरणमा राखिएकोमा सच्याएर राई जातिमै समाहित गर्नुपर्ने उल्लेख गरिएको छ ।

राई ‘जाति एक भाषा अनेक’ भएकाे जाति रहेकाे प्रष्ट पारिएकाे छ ।

त्यसैगरी करिब ४० हजार सङ्ख्या रहेको देवास राई भाषीले मातृभाषामा देवास लेखाएको तर तथ्याङ्कमा किन नसमेटिएको र त्यसलाई कहाँ राखिएको भनी प्रश्न गरिएको छ ।

मातृभाषाको महलमा राई भाषा भनेर १ लाख ४४ हजार ५१२ र पुर्खाको भाषामा २ लाख २८ हजार ५०२ सङ्ख्या देखाएर किन गलत तथ्याङ्क सार्वजनिक गरियो ? भनी तथ्याङ्क कार्यालयमाथि प्रश्न उठाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. होइन हौं हजुरहरु, ‘राई !’ जाति नभएर ”पद-पदवी-पगरी” मात्रै हो । जब ‘राई !’ जाति नभएर ”पद’पदवी’पगरी” मात्रै हो भने कसरी…अहिलEसम्म त भ्रममा परेर वा आप्mनो नामको पछाडि’ राई !’ लेख्दा ”तालुकदार/जिम्मावाल” ‘राई !’ जस्तै ठूलो ‘राई !’ होइन्छ भनी विगताMA जानाजान ‘राई !’ लेखेका कुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, आठपहरिया, चाम्लिङ, साम्पाङ आदिले आआप्mना असली जातीय स्वपहिचानले चिनिन थालEका छन् । उनीहरुको आआप्mनै थर, उपथरहर रहेको छ । कुलुङ जातिले थरलाई पाछा भन्छन् । कुलुङ जातिको मात्रै ३८० भन्दा बढी पाछा (थर, उपथर) रहेको छ । जस्तै ”लोवात्ती, होनीत्ती, सूर्वा, तामोछा, वारोखू, मोरोखू, पीदीसै, थीम्रा, हीमार, रोतेम्बू, छाप्दूलू, आयाबू, वालाखाम, बार्सी” आदि । हो, त्यही कारण कुलुङ-कुलुङ, साम्पाङ-साम्पाङ, बान्तावा-बान्तावा, बाहिङ-बाहिङ,चाम्लिङ-चाम्लिङबीचमै विवाह हुने गरेको छ । नत्रत…उनीहरु पशुसमान भएनन् र ?!?!…एकै थरीबीच त्यसरी विवाह गर्दा ???….

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्