इलाम पुगेका योगेश भट्टराईलाई कालो झन्डा

इलाम । पहिचानविरोधी कित्तामा गनिने नेकपा एमालेका नेता योगेश भट्टराईलाई आज इलाममा पहिचानवादीहरुले कालो झन्डा देखाएका छन् ।

७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा इलाम बजार आइपुगेका नेता भट्टराईलाई पहिचानवादीहरुले उनी सवार गाडी रोक्न खोज्दै कालो झन्डा देखाएका हुन्

सुरक्षाकर्मीहरुले भट्टराईलाई बचाएका थिए ।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौँ, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद जस्ता नारा लगाएका थिए ।

भट्टराई पहिचानविराेधी भनिए पनि उनी गत मंसिरकाे निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img