गाउँपालिकाले निजी विद्यालयहरुसँग माग्यो छात्रवृत्ति वितरणको अभिलेख

झापाको कमल गाउँपालिकाका संस्थागत (निजी) विद्यालयहरूले तोकिएअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति नदिएको गुनासो बढेपछि गाउँपालिकाले संस्थागत विद्यालयहरुसँग यसको विवरण माग गरेको छ ।

कमल गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार शिक्षा नियमावली २०५९ को नियम १२१ को उपनियम १ मा व्यवस्था भएको संस्थागत विद्यालयमा अध्ययन गर्ने प्रत्येक कक्षामा प्रथम, द्वितीय हुने विद्यार्थीलाई ५० देखि शत प्रतिशतसम्म जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने पर्ने व्यवस्था कार्यान्वयन गराइने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

यसैगरी उपनियम २ बमोजिम संस्थागत विद्यालयहरूले सम्बन्धित विद्यालयहरूमा अध्ययन गर्ने कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई गरिब, फरक क्षमता भएका, महिला, दलित र जनजाति विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकोमा यो पनि कार्यान्वयन नभएको गुनासो आएको उनले बताए ।

पालिकाले गाउँपालिकालाई परिपत्र गर्दै विद्यालयको जम्मा विद्यार्थीले हुन आउने १० प्रतिशत छात्रवृत्ति के के आधारमा कुन कुन विद्यार्थीहरूलाई उपलब्ध गराएको छ? सो को सम्पूर्ण अभिलेख पठाउन निर्देशन दिएको छ ।

यसरी अभिलेख पटाउँदा सम्बन्धित विद्यार्थीको अभिभावकहरूको नामावली साथै सम्पर्क मोबाइल नम्बरसमेत पठाउनुपर्ने गाउँपालिकाले जनाएको छ । गाेरखापत्रबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्