आफूलाई ‘ओमनन्द गुरु’ भनेर चिनाउने भक्तकुमार राईले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट बिताएको पुष्टि भएन ।

पर्यटन विभागका सूचना अधिकारी युवराज खतिवडाका अनुसार भक्तकुमारले सगरमाथाको चुचुरोमा ३२ घण्टा बिताएको अभिलेख भेटिएन ।

भक्तकुमारले विश्वशान्तिकाे लागि सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट बिताएर कीर्तिमान कायम गरेको प्रमाणित गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको विभागमा निवेदन दिएका थिए ।

सोबारे अध्ययन गर्न उपसचिवकाे नेतृत्वमा एक कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले भक्तकुमार राईले कीर्तिमान कायम गरेको विषय सिफारिस गर्न नसकिने रायसहितको प्रतिवेदन बुझाएकाे थियाे ।

भक्तकुमार र उनका सहयोगीहरुले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट तपस्या गरेको भनी प्रचार जारी राखेपछि सोताङ–५, सोलुखुम्बु घर भएका भद्रगोल किराती (मनोजकुमार राई)ले गत साउन १८ गते भक्तकुमार राईले सगरमाथामा ३२ घण्टा २७ मिनेट तपस्या गरेको हो कि होइन ? भनी पर्यटन विभागसँग सूचना माग गरेका थिए ।

विभागले किरातीलाई भक्तकुमारले सगरमाथाको चुचुरोमा ३२ घण्टा २७ मिनेट समय बिताएको पुष्टि हुन नसकेको सूचना उपलब्ध गराएकाे छ ।

आफूलाई हेभेन्ली पाथकाे गुरु भनेर पनि चिनाउने भक्तकुमार राई एकजना ठग भएको किरातीले बारम्बार बताउँदै आएका छन् ।

भक्तकुमारले पछिल्लो समय विकृत रुपमा हमला गरी मौलिक किराती संस्कृति लोप गराउने प्रयत्न गरिरहेका थिए ।

उनले धार्मिक सुधारको नाममा किरातीहरुले पुज्ने तिनचुल्हा फाल्नेदेखि उनीहरुको सनातनी संस्कृति तथा रीतिरिवाजहरुमा चलाइने जाँड–रक्सी बन्देज गर्ने अभियान चलाएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here