उदयपुरकाे एलके खोजमा सुरु भयो किरात राष्ट्रिय समितिकाे प्रशिक्षण

जनता समाजवादी पार्टी नेपालनिकट किरात राष्ट्रिय समितिले किरातीहरुको ऐतिहासिक स्थल मानिने उदयपुरको बेलका नगरपालिका–८, मैनामैनी डुम्रिबोटेस्थित एलके खोज रिसोर्टमा दुईदिने प्रशिक्षण शुक्रबारदेखि सुरु गरेको छ ।

प्रशिक्षणको पहिलो दिन जसपाका नेताहरु रणध्वज कङ्दङ्वा, राजकिशोर यादव र पर्शुराम बस्नेतले प्रशिक्षण दिएका छन् ।

दोस्रो दिन जसपाका संघीय परिषद् अध्यक्ष तथा वर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, पूर्वमन्त्री रकम चेम्जोङ, सांसद सुशीला श्रेष्ठले प्रशिक्षण दिने समितिका सचिव प्रशन्न राईले बताए ।

उनले पार्टीको भर्खरै पार्टीको विधान अधिवेशन सम्पन्न भएकोले विधान अधिवेशनबाट आएको विधान र पार्टीको नीति तथा कार्यक्रमहरुबारे अभिमुखीकरण गर्नका लागि प्रशिक्षण आयोजना गरिएको हो ।

समितिका अध्यक्ष रमेश राईको सभापत्विमा भइरहेको प्रशिक्षणमा प्रदेश नं १ (कोशी प्रदेश) का सम्पूर्ण केन्द्रीय सदस्यहरु, जिल्ला, गाउँ तथा नगर समितिका पदाधिकारीहरु, भ्रातृसंगठनका पदाधिकारीहरुलाई सहभागी गराइएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img