पहिचानवादीहरुमाथि लौरो हान्ने खोटाङका डिएसपीलाई कारबाही गर्न माग

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले पहिचान आन्दोलनकारीहरुमाथि आफै लौरोले हिर्काउने खोटाङका डिएसपी पुरुषोत्तम खड्कालाई कारबाही गर्न माग गरेको छ ।

समितिले आज खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारमार्पmत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आपैm आन्दोलनलाई दमन गर्न उत्रिएका डिएसपी खड्कामाथि छानबिन गरी कारबाही गर्न माग गरेको हो ।

कोशी प्रदेशका खानेपानी, सिंचाइँ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बिहीबार खोटाङमा एक पार्टी कार्यक्रमका लागि आएको बेला समिति सम्बद्ध पहिचान आन्दोलनका अगुवाहरुले उनलाई कालो झन्डा देखाउन खोज्दा डिएसपी खड्कासहितका प्रहरीहरुले आन्दोलनकारीहरुमाथि दमन गरी लाठी चार्ज गरेका थिए ।

जसबाट आन्दोलनकारीहरु घाइते भएका थिए ।

समितिले कोशी प्रदेश नामकरणमा भोट हाल्ने प्रदेशका ८२ जनै सांसदहरुलाई जुनसकै सार्वजनिक कार्यक्रममा पनि कालो झन्डा देखाउने विरोध गर्ने पहिल्यै घोषणा गरेको थियो ।

समितिले प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ ।

पहिचानको विपक्षमा रहेका एमाले नेताहरुलाई नै समितिले बढीजसो लक्षित गरी विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img