विरोधीको वास्ता नगरी अघि बढ्न साम्पाङको आह्वान

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशैभरि श्रमदान, चेतना, जागरण र खबरदारी अभियानमा लाग्न आफ्ना श्रमदाताहरूलाई आह्वान गरेका छन्।

उनले विरोधीले के भन्छन् भन्ने कुराको वास्ता नगरी निरन्तर अघि बढ्न अपिल गरेका छन्।

प्रतिनिधिसभामा सात सिटसहित पहिलो प्रयासमै राम्रो उपस्थिति र प्रभाव जमाउन सफल भएका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो आग्रह गरेका हुन्।

उनले हिजो प्रतिनिधिसभा सदस्यका रूपमा सपथ लिएपछि अब बन्ने बालेन साह नेतृत्वको सरकारलाई आफ्नो सिर्जनात्मक सहयोग रहने बताएका थिए।

उनले संसदमा जनताको पक्षमा सरकारमाथि कडा प्रश्नहरू उठाउने पनि बताएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img